Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकले तीनमा कमायो १ अर्ब ५१ करोड, प्रतिशेयर आम्दानी १६.७४ रुपैयाँ

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार ०७:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । बैंकले पहिलो क्वाटरमा २३.३६ प्रतिशतले आम्दानी बढाएको हो ।

बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३२ करोड नाफा कमाएको थियो । पहिलो नम्बरमा पुग्ने लक्ष्यसहित अघि बढेको बैंकले व्यावसाय विस्तारलाई समेत बढाएको छ । बैंकले निक्षेपकर्ताबाट हालसम्म ५ खर्ब १२ अर्ब ९४ करोड डिपोजिट संकलन गरेको छ । यो २०८० असार महिनाको तुलनामा ५.२३ प्रतिशतले बढि हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, बैंकले ३ खर्ब ९७ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो असार २०८० को तुलनामा ७.५५ प्रतिशतले बढि हो । बैंकको खराब कर्जामा भने केहि घटको देखिएको छ । असार २०८० सम्म ४.६७ प्रतिशत रहेको खराब कर्जा असोज मशान्तसम्ममा ४.३८ प्रतिशतमा आइपुगेको छ ।

समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी घटेको छ । १४.२२ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकले ४ अर्ब ११ करोड ८९ लाख ब्याज आम्दानी गरेको छ । गतवर्षको असोज महिनासम्म ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।  नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १६.७४ रुपैयाँ पुगेको छ । यसैगरी, प्रतिशेयर आम्दानी १७४.२० रुपैयाँ पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्