Shikhar Insurance
National Life

महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छ : रक्षामन्त्री राई

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अफ्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताए । उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताए । उनले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको जानकारी दिए । उनले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुयाउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्