Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रमकममा भने उच्च गिरावट

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सातको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३ सय १४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ कारोड १६ लाख ६५ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार गुडविल फइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ३२ लाख ४१ हजार ४ सय ६४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ सय ४५ रुपैयाँ १० पैसा रहेको छ ।

मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, मंगलबार १ कम्पनीको सेयर मूल्यमा ८.८६ प्रतिशतले बढेको भने विन नेपाल लघुवित्तको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्