काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । युनिलिभरका प्रबन्ध निर्देशक/सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
पिडित समुदायको सहयोगको लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्