Shikhar Insurance
National Life

कामना सेवा विकास बैंककाे लाभांश सेयरधनीको खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको हो ।

बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ । बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्