काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित हेलम्बुमै पुथेर राहत सामग्री वितरण गरेको छ । अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत बाँडेको हो ।
राहत सामाग्री बोकेर नेकपा एमालेनिकट विद्यार्थी नेताहरु आज बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थिए । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।
सिन्धुपाल्चोकका बाढी–पहिरो पिडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् ।
राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताए । शुक्रबार बिहान एमाले वरिष्ठ नेता माधव नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी थिए ।
जिल्ला समन्वय समितीकी सदस्य बिमला भण्डारिका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।
प्रतिक्रिया दिनुहोस्