Shikhar Insurance
National Life

वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुपर्‍यो : प्रमुख महर्जन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।

सोमबार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उनले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरवाही गर्दा बढी क्षति भएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको जानकारी दिए । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भएपनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उनको भनाइ छ । उनले भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको बताए ।

मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको जानकारी दिए । बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै सरसफाईमा जोड दिन आग्रह गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्