Shikhar Insurance
National Life

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १५:३२
Hyundai
NCELL
NIMB

पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले २२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व सङ्कलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले ३९ अर्ब सात करोड ३९ लाख राजस्व सङ्कलन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यद्यपि कार्यालयले चालु आवको असोजसम्म ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । हाल सङ्कलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व सङ्कलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्