Shikhar Insurance
National Life

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँ: वामदेव गौतम

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभा सदस्य ताथ सांसद वामदेव गौतमले नेकपा (एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन् ।

उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए । उनले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफूले अध्ययन गरेर पुन: विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको बताए । उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गरे ।

उनले भने, ‘मैले अध्ययन गरेर भनेको छु । मैले त्यसबेला फेरि अर्को जाँदैछ भनेर भनेको मैले अध्ययन गरेँ बारम्बार । मैले नेपालको भौगर्भिक अवस्थाको सम्बन्धमा चुनौती दिन्छु, मैले अध्ययन गरेको छु । संसारको सबभन्दा कान्छो जमिन, कान्छो पहाड यो भन्दा कान्छो कुनै प्राकृतिक संरचना छैन । थोरै मात्रै भूकम्प गयो भने प्रलय हुन्छ । धेरै ठूलो नोक्शान हुन्छ । यो सबै जानेर बुझेर कमसेकम ७६ वर्षको मान्छे, कम्युनिस्ट आन्दोलनमा समय बिताएको छ, स्कुल, कलेज पढ्न पाइएन । पढिएन । तर बाहिर बसेर नपढिकन यत्रो ठुलो देशव्यापी पार्टी निर्माण गर्न सक्थ्यो ? नेकपा (एमाले) आजपनि मैले निर्माण गरेको ७५ प्रतिशत छ ।’

उनले भने, ‘नेपाली समाजवादको एउटा रुप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त गर्‍यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ । कानुन लागु हुनुपर्छ । क–कसले गरेका छन् कोही पनि बाँकी नराखेर अब समाप्त गर्नुपर्छ । सहकारी लागु नै गर्नुहुन्न अब । त्यो बन्द गरिदिनु पर्छ । सहकारीमा दुरुपयोग भइरहेको छ ।’

उनले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताए । उनले क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्