Shikhar Insurance
National Life

उच्च अंकले घट्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ९० कारेड

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सातको दोस्रो कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.९९ अंकले घटेर २६३९.८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३ सय १९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४ सय ४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० काराेड  रुपैयाँकाे कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ३ लाख ६७ हजार रुपैयाँको कारोबार भएकको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ५५ रुपैयाँ रहेको छ ।

सोमबार २३ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २१  कम्पनीको सेयर मूल्य घटेको छ छ ।

साथै, सोमबार १ कम्पनीको सेयर मूल्यमा   सकरात्मक सर्किट लागेकाे छ भने  भने ङादी हाइड्रोपावरको सेयर मूल्य ९.२० अंकले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्