काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ मा पुगेको हो ।
सोमबार ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ रुपैयाँ कारोबार भएको छ ।
सोमबार वीन नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८२ प्रतिशत, कालिका लघुवित्तको ५.५२ प्रतिशत, पीपुल्स हाइड्रोपावरको ४.८४ प्रतिशत सहित ५८ कम्पनीको सेयर बढेको छ ।
त्यस्तै, आज न्यादी ग्रुप पावरको ९.२० प्रतिशत, गुडवील फाइनान्सको ५.६५ प्रतिशत, छ्यांदी हाइड्रोपावरको ४.७५ प्रतिशत सहित २५० कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्