Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुबाट ७२ अर्ब २४ करोड बढी सेयर धितो कर्जा, कुनबाट कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आव २०८१/८२ को २ महिनामा वाणिज्य बैंकहरुबाट ७२ अर्ब २४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

जुन साउन महिनाको तुलनामा ०.७६ प्रतिशत अर्थात् ५ करोड ५० लाख रुपैयाँले बढी हो । साउनमा सेयर धितो कर्जा प्रवाह ७१ अर्ब ६९ करोड रुपैयाँ भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । नबिलबाट १० अर्ब ५२ करोड ८१ लाख रुपैयाँ सेयर धितो कर्जा रहेकाे छ ।  सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने दोस्रोमा नेपाल बैंक रहेको छ । बैंकले २ महिनामा ७ अर्ब २९ करोड ८९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा सिद्धार्थ बैंक रहेको छ । बैंकले ७ अर्ब १६ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ भने  कुमारी बैंकले ६ अर्ब ६० करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाे छ ।

त्यस्तै, सिटिजन्स बैंकले ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाे छ भने प्राइम बैंकले ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाे राष्ट्र बैंकले सार्वजनीक गरेकाे सूचनामा उल्लेख छ ।

राष्ट्र वाणिज्य बैंकले ४ अर्ब ८ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह प्रदान गरेकाे छ । लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ, प्रभु बैंकबाट ३ अर्ब ९ करोड २० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

हिमालयन बैंकबाट १ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह प्रदान गरेकाे छ भने एभरेष्ट बैंकबाट २ अर्ब ४ करोड ३८ लाख रुपैयाँ रहेकाे छ ।

कृषि विकास बैंकबाट १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ, सानिमा बैंकबाट १ अर्ब ८० करोड ३६ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ८४ करोड ८२ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४३ करोड ४६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्