Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकले ब्याज रकममा १० प्रतिशत छूट दिने

सिंहदरबार संवाददाता
२०७८ असार ४, शुक्रबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड—१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छूट दिने निर्णय गरेको छ । हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड—१९ बाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छूट प्रदानगर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल कोभिड—१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसले गर्दा ग्राहकहरुले नियमितकर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हू¤दा ग्राहकहरुलाई व्याज रकममा छूट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहजहूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी २०७८ असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड—१९ बाट प्रभावित ग्राहकलाई बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छूट प्रदान गर्ने निर्णय गरिएको छ । यस ब्याज रकम छूट सूबिधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्