काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार लाभांश र हकप्रद लगायतका प्रस्तावहरू पारित गर्न मंसिर ७ गते एघारौं वार्षिक साधारणसभा बोलाएको हो ।
सभा नेपाली चुलो लाजिम्पाट काठमाडौंमा बिहानको ८ बजे सभा आव्हान गरेको छ । सभामा गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।
सभामा लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १:१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गर्नेछ । सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेका छन् ।
साथै, सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक २७ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्