Shikhar Insurance
National Life

नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्ने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्समा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा ५० करोड रुपैयाँ मेवा डेभलपर्समा लगानी गर्ने भएको हो ।

नेपाल लाइफले मेवा डेभलपर्सको प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैयाँमा ५० लाख कित्ता सेयर खरिद गर्ने सम्झौता गरेको छ, जसअनुसार कम्पनीले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कात्तिक १ गते नेपाल लाइफ र मेवा डेभलपर्सबीच सेयर खरिद सम्झौता भएको थियो । मेवा डेभलपर्स मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनाको प्रवर्द्धक हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्