Shikhar Insurance
National Life

सीइडीबी हाइड्रोपावरले डाक्यो कात्तिक २० गते विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सीइडीबी हाइड्रोपावरले विशेष साधारण सभा बोलाएको छ , कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा कात्तिक २० गते कालिमाटी ब्यांकेट कालिमाटी, काठमाडौंमा बिहान ८ बजेदेखि आव्हान गरेको हो ।

विशेष साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायहरुको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा ५ जना संचालकहरु नियुक्ति गर्नेछ ।

साथै, विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक १२ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक ११ गतेसम्म कायम सेयरधनीले विशेष साधारण सभामा भाग लिन पाउँनेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्