Shikhar Insurance
National Life

राहत र पुन:स्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुन: स्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताए ।

प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेका सहयोगी सबैलाई धन्यवाद दिए । सो अवसमा कोषमा नेपाल आयल निगमबाट ३ करोड, युनिलिभर कम्पनीबाट रु ३० लाख (यसअघि २० लाख दिइसकेको), माछापुच्छ्रे बैंकबाट २५ लाख र पूर्वराष्ट्रसेवक कर्मचारी सङ्गठनबाट रु एक लाख हस्तान्तरण गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्