काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । बोर्डले नेप्सेमा सूचीकृत ५१ कम्पनीमा चलखेल गरी मूल्य बढाइएको र ति कम्पनीमा लगानीको जोखिम रहेको भन्दै सूची सार्वजनिक गरेपछि बोर्डविरूद्ध मुद्दा परेको हो ।
अधिवक्ता रविन बोहजुले बोर्डको सो निर्णय खारेज गरिपाउँ भन्दै सर्वोच्चमा रिट हालेका हुन् । बोहजुले उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गरिपाउँ भनि बोर्ड, नेप्से र अर्थ मन्त्रालयविरुस्द्ध मुद्दा हालेका छन् ।
प्रतिक्रिया दिनुहोस्