Shikhar Insurance
National Life

विकास बैंकहरुले कमाए १ अर्ब ६४ करोड खुद नाफा, सबैभन्दा धेरै कमाउने मुक्तिनाथ, पछ्याउँदै गरिमा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १६:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक २०८१/८२ को २ महिनामा विकास बैंकहरुले १ अर्ब ६४ करोड बढी खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १७ विकास बैंकहरुमध्ये ११ वटा बैंकहरुले भदौ महिनासम्म १ अर्ब ६४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

सबैभन्दा धेरै नाफा कमाउँने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले चालु आवको भदौसम्म ३२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, खुद नाफाको ग्रोथको दोस्रो नम्बरको सूचीमा गरिमा विकास बैंक रहेको छ । बैंकले २८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सबैभन्दा धेरै खुद नाफा कमाउँने बैंकहरुमा तेस्रो नम्बरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पर्न सफल भएको छ । बैंकले २१ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, ज्याति विकास बैंकले १९ करोड ६० लाख, कामना सेवा विकास बैंकले १७ करोड ६० लाख, महालक्ष्मी विकास बैंकले १७ करोड १० लाख र संग्रिला विकास बैंकले १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकको ११ करोड १० लाख, ग्रिन डेभलपमेन्ट बैंकको ८० लाख, साल्पा विकास बैंकको ४० लाख र कर्पोरेट विकास बैंकको ३० लाख रुपैयाँ खुद नाफा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्