Shikhar Insurance
National Life

प्रतिकित्ता ६ सय रुपैयाँमा जीवन विकास लघुवित्तको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १२:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आठ जना संस्थापक संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब ३ लाख ३४ हजार ५ सय कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

उक्त सेयरको बिक्री मूल्य भने न्युनतम प्रतिसेयर ६ सय रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम २ सय ५० कित्ताका लागि दिन सकिनेछ भने अधिकतममा सबै सेयर खरिदका लागि पनि दिन सकिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद बिक्रीको लागि इच्छुक संस्थापक सेयरधनी वा अन्य व्यक्ति संस्था वा कम्पनीहरुले आवश्यक कागजात संकलन गरी आज (कात्तिक ४) गतेदेखि कात्तिक १४ गते अपरान्ह ३ बजेभित्र दिन कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय, कटहरी–२ मोरङमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्