Shikhar Insurance
National Life

सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँ : उपप्रधानमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको जानकारी दिए । उनले सहरी विकास मन्त्रालयले सय दिनमा कुनैपनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले सहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताए । उनले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमहरुले प्रशारण गर्न कन्जुस्याँई गर्न नहुने उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले धरहरा नि:शुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्