Shikhar Insurance
National Life

पञ्चकन्या स्टीलले पायो ग्रिनप्रो प्रमाणपत्र

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । असोज ३० गते भारतको दिल्लीमा आयोजित कार्यव्रmममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका हुन् ।

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि समेत रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ)-सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले विश्वास लिएको छ ।

यसै बीच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदैँ भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो । हालसम्म विश्वका ४८० उद्योगहरुका ९५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्