Shikhar Insurance
National Life

सप्तरीमा सवारी दुर्घटना हुँदा १ को मृत्यु, २६ जना घाइते

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ११:०९
Hyundai
NCELL
NIMB

सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्