Shikhar Insurance
National Life

मेची भन्सार कार्यालयले उठायाे साढे ३ अर्ब ५८ करोड राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १०:५१
Hyundai
NCELL
NIMB

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३ अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २०.६९ प्रतिशत हो ।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/८१ को सोही अवधिमा ३ अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजारले बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८.४ प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्