Skip to content
Shikhar Insurance
National Life

राहत बाँड्न हेलम्बु जाँदै अनेरास्ववियु

Hyundai
NCELL
NIMB

काठमाडौं । राहत सामाग्री बोकेर नेकपा एमालेका विद्यार्थी नेताहरु सिन्धुपाल्चोकको हेलम्बु तर्फ लागेका छन् । अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर सिन्धुपाल्चोक प्रस्थान गरेका हुन् ।

May be an image of one or more people and people standing

सिन्धुपाल्चोकका बाढी–पहिरोपिडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला एमालेका नेताहरु राहत बाँड्न तत्पर भएका हुन् । उनीहरुले १५ लाख रुपैयाँ बराबरको राहत सामाग्री संकलन गरेका छन् ।

हेलम्बुमा राहत वितरण हुनुका साथै स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

शुक्रबार बिहान एमाले वरिष्ठ नेता नेपालले राहत सामाग्री राहत टोलीका संयोजक पराजुलीलाई हस्तान्तरण गरे । सो अवसरमा नेता नेपालले सरकारले पिडितको दुःखमा ध्यान नदिएकाले आफूहरुले मल्हम लगाउने प्रयास गरेको बताए । उनले भने, “सरकार प्रतिवद्ध भएर उद्दार तथा राहतमा लाग्नुपर्ने आवश्यकता छ ।”

राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी छन् ।

No photo description available.

May be an image of one or more people, people standing and outdoors

May be an image of standing and outdoors

May be an image of 9 people, people standing and outdoors

 

GBIME

प्रतिक्रिया दिनुहोस्