Shikhar Insurance
National Life

१४० मेगावाट तनहुँ जलविद्युत आयोजनाको आधा काम सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १०:१०
Hyundai
NCELL
NIMB

तनहुँ । निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८.१ प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२.०७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ .५ प्रतिशत काम पूरा भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युतगृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्