Shikhar Insurance
National Life

दल फुटाउने अध्यादेशको तयारीमा ओली, सरकार छाड्ने देउवाको चेतावनी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ०९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको तयारी गरेपछि सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर तिहार अघि नै एमालेलाई संसदको सबै भन्दा ठूलो दल बनाउने योजनामा केपी ओली लागेपछि सत्ता साँझेदार संसदको ठूलो दल काँग्रेस सभापति देउवा झस्किएका हुन् । स्रोतका अनुसार ओलीले अघिल्ला हप्ता नै दल विभाजनलाई सहज हुने गरि अध्यादेश ल्याउने तयारी गरेका थिए । काँग्रेस सभापति शेर बहादुर देउवाको अडानका कारण सरकार अध्यादेशबाट केहि समयका लागि पछि हटेको थियो ।

अहिले फेरि अध्यादेश ल्याउने गरि तयारी भैसकेको स्रोत बताउँछ । ‘गत हप्ता नै अध्यादेश ल्याउने तयारी थियो, काँग्रेस सभापति देउवाले त्यस्तो नगर्न चेतावनी दिनु भएको थियो । अहिले फेरि सरकारले अध्यादेशको तयारी गरेको देखिन्छ ।’, उच्च स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केपी ओलीले रास्वपा सभापति रबि लामिछानेलाई पक्राउ गरेर काँग्रेसको एजेण्डा सम्बोधन गरिदिएकाले अब अध्यादेश ल्याउने आफ्नो एजेण्डामा काँग्रेसले पनि साथ दिनुपर्ने तर्क गरिरहेको बताइन्छ ।

प्रधानमन्त्री ओलीले नेकपा(एकिकृत समाजवादी), लोसपा, नागरिक उन्मुक्ति पार्टीलाई विभाजन गर्ने योजनासहित अध्यादेश ल्याउन लागेको आरोप छ । त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी र रास्वपालाई समेत बिभाजन गर्ने योजनामा ओली रहेको दावी विपक्षी गठबन्धनको बैठकमा गरेका थिए ।

ओलीले अध्यादेश ल्याउने लागिरहेका बेला देउवाले अध्यादेश ल्याएमा सरकार छाड्ने सन्देश पठाएको स्रोतहरुको दावी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्