Shikhar Insurance
National Life

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै, थुनामा राख्न अनुमति मागिने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ०८:२९
Hyundai
NCELL
NIMB

गण्डकी ।  सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्