Shikhar Insurance
National Life

रसुवा र तातोपानी नाका बन्द हुदाँ भन्सार विभागलाई राजस्व संकलनमा धक्का, असोजमा ३८ अर्ब ५९ करोड मात्रै उठ्यो

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ०७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले असोज महिनामा अपेक्षाकृत राजस्व असुल गर्न असफल भएको छ । चालु वर्षको पहिलो २ महिनामा उल्लेख्य राजस्व संकलन गरेको विभाग असोज महिनामा अप्ठ्यारोमा परेको हो ।

४६ अर्ब ४७ करोड राजस्व उठाउने लक्ष्य लिएको विभागले असोज महिनामा ३८ अर्ब ५९ करोड राजस्व संकलन गरेको छ । यो रकम२०८० असोजको भन्दा २ अर्ब ५ करोडले कम हो । विभागले असोजमा कम राजस्व उठाउनुमा उत्तर तर्फका २ नाका बन्द हुनु भएको विभागमा निर्देशक तथा सुचना अधिकारी मुक्ति श्रेष्ठले बताए । उनले भने, ‘रसुवा र तातोपानी भन्सार नाका दशैं अगाडी नै भारी वर्षाको कारण बन्द हुन पुग्यो, २ महत्वपुर्ण नाका बन्द हुदाँ राजस्व संकलनमा पनि गम्भिर असर पुग्न गएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुचना अधिकारी श्रेष्ठका अनुसार रसुवा नाकाको चीनतर्फको झण्डै ६ सय मिटर सडक भासिएको छ । सो सडक बन्न अझै केहि दिन लाग्नेछ । नेपालमा भित्रिने अधिकाँस चिनियाँ विद्युतिय गाडीहरु दुई नाका हुँदै भित्रिने गरेका छन् । असोज १० र ११ गते आएको अविरल वर्षाका कारण सडक अवरुद्ध हुदाँ गाडी बिक्रेताहरुले समेत गाडी ल्याउन समस्या झेल्नु परेको छ ।

नेपाली व्यवसायीहरुले चिनियाँ नाकासम्म कन्टेनरमा गाडी ल्याएर काठमाडौंसम्म भने गुडाउँदै ल्याउने गरेका छन् । दुई नाका तिहार अघिनै संचालनमा ल्याउन विभागले प्रयास गरिरहेको छ । विभागले साउन महिनामा ३४ अर्ब ८२ करोड राजस्व संकलन गरेको थियो ।

यो पोहोरको साउनको तुलनामा ७ प्रतिशतले बढी हो । यस्तै, भदौ महिनामा ३९ अर्ब ५५ करोड राजस्व संकलन गरेको थियो । यो पोहोरको  भदौ महिनाको तुलनामा १२.८ प्रतिशतले बढी हो । तर असोज महिनामा भने पोहोरको तुलनामा ५ प्रतिशत कम राजस्व संकलन भएको छ । पोहोर असोज महिनामा ४० अर्ब ४६ करोड राजस्व संकलन भएको थियो ।

विभागले चालु वर्षको पहिलो तीन महिनामा १ खर्ब १२ अर्ब ९६ करोड राजस्व संकलन भएको छ । यो गतवर्षकव सोहि अवधिको तुलनामा ४.३ प्रतिशतले बढि हो ।  लक्ष्यको तुलनामा भने विभाग २९ अर्ब २५ करोडले पछि परिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्