Shikhar Insurance
National Life

रवि लामिछानेलाई प्रहरीको गाडीमा सडकमार्ग हुँदै पोखरा लगिँदै

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार २०:२७
Hyundai
NCELL
NIMB

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै कास्कीको पोखरा लगिएको छ ।

साँझ सात बजे प्रहरीले केन्द्रिय कार्यालयबाट पक्राउ गरी प्रहरीको गाडीमा पोखरा लगिएको हो । भोली बिहान तीन बजेसम्म लामिछानेलाई पोखरा पुर्याइने प्रहरीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनिविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्