Shikhar Insurance
National Life

रवि लामिछाने पक्राउ, आजै पोखरा लगिदैं

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले केन्द्रिय कार्यालय बालाजुबाट लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की लगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिए । “कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ”, उनले भने ।

रवि लामिछाने अहिले पार्टी कार्यालयमा मिटिङ बसिरहेको छ । पार्टी कार्यालय भने प्रहरीले पुर्ण रुपमा घेराबन्दी गरिसकेको छ । कास्की जिल्ला अदालतले आजै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा  अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्