Shikhar Insurance
National Life

खार्किभ शहरबाट अन्यत्र जान युक्रेनको सर्वसाधारणलाई आग्रह

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १७:३५
Hyundai
NCELL
NIMB

एजेन्सी । युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसहरूलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ । सन् २०२२ मा मस्कोले आफ्नो आक्रमण सुरु गरेको छ महिनापछि किएभले रूसबाट फिर्ता लिएको उक्त क्षेत्रका सर्वसाधारणलाई घर छोडी सुरक्षित स्थलतर्फ जान खार्किभले आग्रह गरेको हो ।

उत्तरपूर्वी खार्किभ क्षेत्रको प्रमुख रेल केन्द्र कुपियान्स्कले पछिल्लो समयमा मस्कोका सेनाहरू सहरको केही क्षेत्र भित्र पुग्दा घातक आक्रमणको सामना गर्नु परेको छ । निरन्तरको आक्रमणको कारण त्यहाँका बासिन्दालाई बिजुली र पानीलगाएतका आधारभुत आवाश्यकतासमेत उपलब्ध गराउन नसकेको यस क्षेत्रका गभर्नरले बताए । उनका अनुसार कुपियान्स्क र नजिकैका तीन समुदायका सबै नागरिकहरूलाई उक्त स्थान छोड्न आदेश दिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गभर्नर ओलेग सिनेगुबोभले आफ्नो टेलिग्राममार्फत् यस क्षेत्रका दश हजार मानिसहरूलाई निस्कासन गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनका अनुसार घर छोडी सुरक्षित स्थलतर्फ पलायन हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि मस्कोले कुपियान्स्कलाई कब्जा गरेको थियो भने युक्रेनी सेनाले लगभग छ महिनापछि यसलाई पुन: कब्जा गरेको थियो । युद्धअघि यस क्षेत्र करिव ३० हजार मानिसहरूको वासस्थान थियो । बारम्बारको रूसी आक्रमणले गर्दा यस क्षेत्रका धेरै भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् धने दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता रूससँगको युद्ध अन्त्य गर्ने आफ्नो दृष्टिकोण तय गर्दै महत्त्वाकाङ्क्षी ‘विजय योजना’ सार्वजनिक गरे । रूस पूर्वी युक्रेनका क्षेत्रमा महिनौंदेखि अगाडि बढिरहेको छ भने किएभको सेनाले थकान र जनशक्तिको अभावको सामना गरिरहेको कारण दशौं साना सहर र गाउँहरू रूसको कब्जामा परेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्