Shikhar Insurance
National Life

स्मार्टफोन र इन्टरनेटबिना नै अफलाईन भुक्तानी दिन मिल्ने प्रणाली विकास गर्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १४:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले स्मार्टफोन र इन्टरनेट बिनानै भुक्तानी गर्न मिल्ने अनस्ट्रक्चर सप्लिमेन्टरी सर्भिस डाटा (युएसएसडी) विकास गर्ने भएको छ । बैंकले ‘चौथो रणनीतिक योजना (२०२२ – २०२६) लाई अघि बढाएको हो ।

बैंकले शुक्रबार ‘USSD-based Payment System and its Regulations: Suggestions for Nepal’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकको ‘चौथो रणनीतिक योजना (२०२२ – २०२६ ) ‘ को Strategic Pillar – 4, Objective-2, Strategy-2, Action – 3 तथा कार्ययोजना अनुसार Unstructured Supplementary Service Data (USSD) मा आधारित नेपालको सन्दर्भमा भुक्तानी प्रणालीको औचित्य र उक्त प्रणालीसम्बन्धी आवश्यक नियामकीय व्यवस्थालाई समेटेर प्रतिवेदन तयार गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिवेदनमा USSD मा आधारित भुक्तानी प्रणालीको परिचय, प्राविधिक बनावट तथा कारोबार प्रक्रिया, फाइदा तथा चुनौती, उक्त प्रणालीका सन्दर्भमा विभिन्न मुलुकमा प्रचलित महत्वपूर्ण नीतिगत व्यवस्थाको विश्लेषण गरेको छ ।  नेपालको सन्दर्भमा उक्त प्रणालीको सम्भावना, अवसर तथा चुनौती र आवश्यक नियामकीय तथा नीतिगत व्यवस्थासम्बन्धी सुझावजस्ता विषयवस्तुलाई समेटिएको छ ।

प्रतिवेदनका लागि आवश्यक जानकारी प्राप्त गर्न इन्टरनेटमा उपलब्ध द्वितीयक तथ्याङ्ग (Secondary Data) को प्रयोग गरिएको छ भने केही विवरण यस बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्न संस्थाहरुबाट समेत सङ्कलन गरिएको छ।

युएसएसडीमा आधारित भुक्तानी प्रणालीमार्फत इन्टरनेट वा स्मार्टफोनविना पनि भुक्तानी सेवाहरु उपयोग गर्न सकिने भएकोले विभिन्न मुलुकमा उक्त प्रणालीलाई अफलाईन भुक्तानी प्रणालीको रूपमा प्रयोग गर्ने गरेको छ ।

युएसएसडी प्रणालीलाई आवश्यक पर्ने मुख्य प्राविधिक पूर्वाधार (USSD Gateway) दूरसञ्चार सेवा प्रदायकहरुको स्वामित्वमा रहने भएकाले उक्त प्रणालीको सहजीकरण, नियमन तथा सुपरिवेक्षणमा केन्द्रीय बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको नियामकीय व्यवस्थाबीच समन्वय हुनुपर्ने आवश्यकता हुने राष्ट्र बैंकले जनाएको छ ।

उक्त प्रणालीको प्रभावकारी प्रयोग गरिएका मुलुकहरुको विश्लेषण गर्दा ती मुलुकमा एपमा आधारित आधुनिक विद्युतीय भुक्तानीका उपकरणहरु प्रयोगमा आउनुअघि उक्त प्रणालीको सुरुआत भएको प्रतिबवेदनमा उल्लेख छ । नेपालमा युएसएसडीमा आधारित भुक्तानी प्रणाली सन् २०२१ बाट सुरु भएको तर एपमा आधारित भुक्तानी प्रणाली सोभन्दा अगाडि नै सन् २०१० बाट सुरु भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्