Shikhar Insurance
National Life

असोजमा ३० हजारभन्दा धेरै घरजग्गा किनबेच, यी हुन् सबैभन्दा धेरै राजस्व संकलन गर्ने १० मालपोत कार्यालय

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १३:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । देशभरका मालपोत कार्यालयहरुले असोज महिनामा मात्रै ३० हजार ५ सय २७ वटा घरजग्गा लिखत पारित गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरको मालपोत कार्यालयहरुबाट सो संख्यामा घरजग्गा किनबेच भएको हो ।

असोज महिनामा २ हजार ८ सय ३५ वटा घरजग्गा नामसारीको काम भएको छ । यस्तै, ७ हजार २ सय २६ वटा संशोधन हुदाँ २ हजार २ सय ८७ वटा हालसाबिक भएको तथ्यांकले देखाएको छ । यसैगरी, ३२ हजार ७ सय ३६ वटा जग्गा रोक्का हुदाँ २० हजार ९ सय २३ वटा जग्गा फुकुवा भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मालपोत कार्यालयहरुले अघिल्लो महिना (भदाै) मा जम्मा ३२ हजार ७ सय ९८ वटा घरजग्गा किनबेच भएको थियो भने गत (२०८०/८१) असोजमा ३९ हजार ८ सय ८१ घरजग्गा लिखत पारित भएको थियाे ।

असोज महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले असोज महिनाभरीमा १ हजार १ सय ८५ वटा जग्गा लिखत पारित गरेको छ । त्यसैगरी, दोस्रो स्थानमा जनकपुरधाम, धनुषा रहेको छ । असोजमा मालपोत कार्यालय जनकपुरधामबाट १ हजार १ सय ७ वटा घरजग्गा लिखत पारित भएको छ ।

त्यस्तै, बेलवारी, मोरङबाट १ हजार १६, राजविराज, सप्तरीबाट ९ सय ९, भद्रपुर, झापाबाट ८ सय ६३, भक्तपुरबाट ८ सय २१, तौलिहवा, कपिलबस्तुबाट ७ सय १८ वटा घरजग्गा लिखत पारित भएका छन् । त्यस्तै, मलंगवा, सर्लाहीबाट ७ सय १०, लगनखेल, ललितपुरबाट ७ सय १० र नेपालगञ्ज, बाँकेबाट ७ सय २ वटा घरजग्गा लिखत पारित भएको छ ।

एक महिनाको अवधिभित्र विभिन्न मालपोत कार्यालयहरुमा लिखत पारित हुने संख्या घट्दै गएको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यी हुन् सबैभन्दा धेरै राजस्व संकलन गर्ने १० मालपोत कार्यालय

असोज महिनाभरीमा सबैभन्दा धेरै मालपोत कार्यालय लगनखेल, ललितपुरले राजस्व उठाउन सफल भएको छ । ललितपुर कार्यालयले सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पूँजीगत लाभ कर, विलम्ब शुल्क गरी जम्मा ३३ करोड २८ लाख २८ हजार ८ सय २४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत असोज अर्थात् आर्थिक २०८०/८१ को असोज महिनामा मालपोत कार्यालय लगनखेल, ललितपुरले २६ करोड ९२ लाख ८ हजार ७६ रुपैयाँ राजस्व संकलन गरेको थियो । असोज महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा दोस्रो स्थानमा डिल्लीबजार, काठमाडौं रहेको छ । डिल्लीबजारले ३२ करोड ८१ लाख ३६ हजार २५ रुपैयाँ राजस्व उठाएको छ ।

त्यसैगरी, असोज महिनामा मालपोत कार्यालय चितवनले ११ करोड ९६ लाख ७५ हजार ८ सय ६३ रुपैयाँ, कलंकी, काठमाडौंले २२ करोड ३८ लाख ७१ हजार ८६८ रुपैयाँ र मालपोत कार्यालय कास्कीले ९ करोड २४ लाख २० हजार ८ सय ३५ रुपैयाँ रकम राजस्व उठाएको छ ।

यस्तै, मालपोत कार्यालय भक्तपुरले २७ करोड ५१ लाख १९ हजार २०७ रुपैयाँ, चावहिल, काठमाडौंले २६ करोड ८ लाख ९ सय ६९ रुपैयाँ, विराटनगर, मोरङले ७ करोड ५० लाख ४४ हजार २४२ रुपैयाँ र मालपोेत कार्यालय पर्साले ५ करोड २५ लाख ८८ हजार ५ सय ७४ रुपैयाँ रुपैयाँ राजस्व संकलन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्