Shikhar Insurance
National Life

इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार ११:२५
Hyundai
NCELL
NIMB

सुनसरी । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा १ करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्