Shikhar Insurance
National Life

बाढि पहिरोपछि ९ अर्बको बीमा दाबी, छिटो र धेरै भुक्तानी दिनेमा शिखर इन्स्योरेन्स अगाडी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज १० र ११ गतेको वर्षाले भएको क्षतिको ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।  ३२ सय ४४ वटा दाबीसहित १८ वटा निर्जिवन बिमा कम्पनीमा दाबी परेको हो ।

२ दिनको वर्षापछि आएको बाढी र पहिरोले १७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले जनाएको छ । देशभर बाढीले धनजनको क्षति पुर्याएपछि अहिले बिमा कम्पनीहमा धमाधम दाबी भुक्तीको निवेदन आउन थालेको छ । हालसम्म आएको ३२ सय ४ दाबीमध्ये ९७ वटा बीमा दाबी भुक्तानी भैसकेको छ । जसमा १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी भैसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा दाबीमा सबैभन्दा धेरै भुक्तानी शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । भुक्तानी भएका ९७ वटा बीमा दाबी मध्ये ८९ वटा भुक्तानी शिखर इन्स्योरेन्स कम्पनीले गरेको हो ।

जुन कुल भुक्तानीको ९१.७५ प्रतिशत हुन आउँछ । क्षतिवापत भएको कुल बीमा दावी भुक्तानी १७ करोड २८ लाख रहेको छ जसमा शिखर इन्स्योरेन्सले मात्रै १७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ । असोज १० देखिको वर्षाले आएको बाढी पहिरो लगायतको प्रकोपमा भएको क्षतिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै रकम भुक्तानी गरेको हो ।

बीमा दाबीमध्ये सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको रहेको छ । कुल ९ अर्बको दाबीमा १ अर्ब ९५ करोड २९ लाख सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै रहेको छ ।

त्यस्तै, दोस्रो बढी बीमा दाबी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीको रहेको छ । दी ओरिएन्टलमा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षतिको बीमा दाबी परेको छ । कम्पनीमा १७० वटा दाबी परेको छ ।

त्यसैगरी, तेस्रो बढी बीमा दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सको १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बीमा दाबी माग भएको हो । हिमालयन एभरेष्टमो २ सय २२ वटा दाबीमा परेको छ । शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा दाबीहरुको सुचिमा पाँचौ स्थानमा रहेको छ ।

कुन कम्पनीले कति गरे दाबी भुक्तानी

नेकोले ४ वटा दाबीमा ६६ हजार १३८ रुपैयाँ भुक्तानी गरेको छ। नेको इन्स्योरेन्समा २६३ दाबी भुक्तानीका लागि ९६ करोड ८५ लाख ९ हजार रुपैयाँ दावी भुक्तानी माग भएको छ । आइजिआई प्रूडेन्सियल इस्योरेन्स कम्पनी लिमिटेडमा २ सय ७३ वटा दाबीबाट ३१ करोड ५३ लाख माग भएकोमा १ वटाको सल्टाएर ३८ हजार ८ सय रुपैयाँ मात्रै भुक्तानी भएको छ । सानिमा जिआईसीको १ सय ८९ वटा दाबीबाट १७ करोड ७६ लाख माग भएकोमा १ वटाको सल्टाएर २ लाख १६ हजार भुक्तानी भएको छ ।

त्यस्तै गरि प्रभु इन्स्योरेन्स कम्पनीको २ सय १८ वटा दावी भई १० करोड २५ लाख रुपैयाँ माग भएकोमा एउटा सल्टाई ११ हजार ६ सय रुपैयाँ मात्रै भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्