Shikhar Insurance
National Life

साताको पुँजीबजार : ७७.१९ अंकले बढ्यो सेयर बजार, अबको यात्रा कता ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैँपछिको यो साता ३ दिन मात्र सेयर कारोबार भएको छ । साताको ३ दिन सेयर कारोबार हुँदा समग्रमा सेयर बजार ७७.१९ अंकले बढेको छ । साताको ३ दिन (मंगलबार, बुधबार र बिहिबार) सेयर कारोबार हुँदा तिनै दिन बजार बढेको छ ।

मंगलबारदेखि बिहिबारसम्म ३ करोड ८४ लाख ४९ हजार ८१ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९१ करोड ५३ लाख ६७ हजार ७०३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साताको तेस्रो कारोबार दिन अर्थात दसैँ पछिको पहिलो कारोबार दिन (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ मा पुगेको थियो ।

मंगलबार ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७ सय ९९ रुपैयाँको कारोबार भएको थियो । मंगलबार २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटाको मूल्य घटेको थियो भने ६ वटा कम्पनीको सेयर मूल्य यथावत रहेको थियो ।

मंगलबार जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको थियो ।

साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार ७३७ रुपैयाँ कारोबार भएको थियो । बुधबार २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, बुधबार विजया लघुवित्तको सेयर ९.३३ प्रतिशतले बढेको थियो भने अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको थियो ।

त्यस्तै, साताको अन्तिम कारोबार दिन (बिहिबार) सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २।४७ अंकले बढेर २७४५.३६ मा पुगेको हो । बिहिबार ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँ कारोबार भएको छ ।

बिहिबार ८९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज गुडवील फाइनान्सको सेयर ७.६३ प्रतिशतले बढेको छ भने अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर ५.१९ प्रतिशतले घटेको छ । दसैँ सकेसँगै सेयर बजार लगातार बढीरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्