काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.४७ अंकले बढेर २७४५.३६ मा पुगेको हो ।
बिहिबार कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३३ करोड १३ लाख ९० हजार १ सय ८५ रुपैयाँ कारोबार भएको छ । बैंकको प्रतिकित्ता सेयर न्युनतम मूल्य २ सय ४३ रुपैयाँ रहेको छ ।
त्यस्तै, हाईड्रोइलेक्टेसिटि इन्भेष्टमेन्ट, हिमालयन रि, नेपाल एसबीआई बैंक, डाङी गुप्र, गुडबिल फाइनान्स, नेपाल एसबीआई बैंक, साहस उर्जा, शिवम सिमेन्टस, निफ्रा र प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्