Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम ७ अर्ब १९ करोडमाथि

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.४७ अंकले बढेर २७४५.३६ मा पुगेको हो ।

बिहिबार ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३३ करोड १३ लाख ९० हजार १ सय ८५ रुपैयाँ कारोबार भएको छ । बैंकको प्रतिकित्ता सेयर न्युनतम मूल्य २ सय ४३ रुपैयाँ रहेको छ ।

बिहिबार ८९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज गुडवील फाइनान्सको सेयर ७.६३ प्रतिशतले बढेको छ भने अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर ५.१९ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्