Shikhar Insurance
National Life

खाद्य गुण परिक्षणमा कृषि मन्त्री आक्रामक, ८५ हजार किलो कुहिएको चामल भारतमै फिर्ता

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि मन्त्री रामनाथ अधिकारी खाद्य गुण नियन्त्रणमा आक्रमक देखिएका छन् । जनताको स्वस्थ्यसँग जोडिएको विषयमा सम्झौता नहुने भन्दै कम गुणस्तरको खाद्य सामाग्रीको परिक्षण गर्दै नष्ट तथा फिर्ता गर्ने काम सुरु भएको हो ।

कृषि मन्त्रीमा मन्त्री अधिकारी आएपछि कयौं वर्षदेखि थन्किएर बसेको खाद्य गुण परिक्षण गर्ने गाडी संचालनमा आएको छ । चाडवाडको समयमा नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायिक प्रयोजनका लागि भारतबाट पैठारी गरी भन्सार नाकामा ल्याएको ८५ हजार किलो चामल नेपालगन्ज नेपालगञ्जबाट भारत नै फिर्ता पठाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले परिक्षण गर्दा कम गुणस्तरको दाना मात्रै भेटिएको थियो । जुन नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोले उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरु संचालनमा छन् । जसमा काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगञ्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गट्टाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँका प्रयोगशालाहरुबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रुपमा गर्दै आईरहेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । यस्तै सोहि ऐनको उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सो बमोजिम नगरेमा ऐन बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्