Shikhar Insurance
National Life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १ अर्ब ७४ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्