Shikhar Insurance
National Life

१५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पातिर गर्न साधारण सभा बोलाएको छ ।

संस्थाको असोज ३० गते बसेको सञ्चालक समिति बैठकले कात्तिक ३० गते नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोनस शेयर जारीपछि चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने संस्थाले जनाएको छ । बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त संस्थासँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्ने संस्थाले जानकारी दिएको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्