Shikhar Insurance
National Life

शक्तिशाली थाड प्रणाली जडान गरेसँगै इरानमाथी आक्रमण गर्न तयार रहेको इजरायलको दाबी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १६:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । इजरायलले इरानमाथी गरिने आक्रमणको सबै तयारी सकेको जनाएको छ । सयुक्त राज्य अमेरिकाले शक्तिशाली थाड प्रणाली जडान गरी सकेपछि तयारी पुरा गरेको हो । अक्टोबर १ इरानले इजरायलमाथी मा २ सय मिसाइल आक्रमण गरेपछि इजरायल जवाफी कारबाहिको तयारीमा छ । अक्टोबर १ को आक्मणपछि अमेरिकाले १ सय वटा थाड प्रणाली जडान गर्ने शैन्य बल इजरायल पठाएको थियो । निकै महँगो मानिने सो थाड प्रणाली अमेरिकी शैन्य दलले जडान गरिसकेको छ ।

थाड प्रणालीले हवाई आक्रमणमा आउने मिसाइल, फाइटर जेट, ड्रोन आक्रमणलाई निस्तेज बनाउनेछ । इजरायलमा हाल आइरन डोम प्रविधिको प्रयोग गरेको छ । योसँगै इजरायलमाथी हुने हवाई आक्रमणको प्रतिकार गर्न तीन उच्च प्रविधि प्रयोग भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदै जादाँ इरानमाथी शक्तिशाली आक्रमण गरी आफ्नो पकड बलियो बनाउने योजनामा अमेरिकी राष्ट्रपति जो वाइडेन लागि परेका छन् । यसका लागि इजरायलले इरान माथी आक्रमण गर्न विविध योजना बनाइरहेको छ ।

इरानको अक्टोबर १ को आक्रमणको जवाफ दिने इजरायलको योजना तयार रहेको अमेरीकी संचार संस्था  सीएनएनले जनाएको छ । इजरायली अधिकारीहरू, प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतले अमेरिकालाई आश्वासन दिएका छन् कि इरानमा काउन्टर स्ट्राइक तेल वा आणविक केन्द्रहरू भन्दा सैन्य लक्ष्यहरूमा सीमित हुनेछ ।

इरानले हिजबुल्लाह नेता हसन नसरल्लाह, हमासका राजनीतिक नेता इस्माइल हनियाह र अन्यको हत्याको बदला लिन इजरायलतर्फ दर्जनौं मिसाइल प्रहार गरेको थियो। इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानले आक्रमणको चर्को शब्दमा निन्दा गर्दै इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्