Shikhar Insurance
National Life

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको छ : मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारण सम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बराएका हुन् ।

मन्त्री अधिकारीले बिम्स्टेकले सदस्य राष्ट्रहरूलाई गरिबी निवारणमा सहकार्य र सहयोग गर्न महत्त्वपूर्ण मञ्च प्रदान गरेको बताए । नेपालले यस छलफलको माध्यमबाट सदस्य राष्ट्रहरूसँग गरिबी घटाउने संयुक्त प्रयासमा यस क्षेत्रमा संयुक्त र एकिकृत समाधान निकाल्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाई छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिव श्रीराम ठाकुरको नेतृत्वमा आयोजना गरिएको यस बैठकमा गरिबी निवारणका विभिन्न मुद्दाहरूमा विचार विमर्श गरिएको छ । बैठकले सदस्य राष्ट्रहरूबीच गरिबी घटाउने उपायहरू, सफलताहरू र चुनौतीहरूमा छलफल गरी अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेको छ र आगामी सचिव स्तरिय र मन्त्रिस्तरिय बैठकको सम्बन्धमा सहमति जुटाउने काम सम्पन्न गरेको छ ।

नेपालले आफ्नो तर्फबाट पनि गरिबी निवारण सम्बन्धि आफ्नो रणनीति र चुनौतिहरु का साथै कृषि र रोजगारी सिर्जनामा आधारित गरिबी निवारणका कार्यक्रमहरूबारे जानकारी गराएको सहसचिव श्रीराम ठाकुरले जानकारी दिए । त्यसैगरी गरिबी निवारणका सन्दर्भमा नवीनतम रणनीतिहरू, साझेदारीका अवसरहरू र दीर्घकालीन समाधानहरूबारे सदस्य राष्ट्रहरुको एकढिक्का भएको सहसचिव ठाकुरको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्