Shikhar Insurance
National Life

प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक छ : मुख्यमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १६:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक रहेको बताएका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले कानून कार्यान्वयनसँग संवद्ध धेरैवटा कामको जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेकाले थप व्यावसायिक संगठनका रूपमा स्थापित गर्नकालागि दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको बताए । उनले प्रदेश सरकारले मधेस प्रदेशका विभिन्न प्रहरी ईकाइलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधनस्रोत सम्पन्न बनाउने प्रयास गर्दै आएको जानकारी समेत दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरे ।

उनले केही दिनअघि देशसँगै मधेश प्रदेशमा समेत आएको बर्खाबाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधिकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्