Shikhar Insurance
National Life

दसैँपछि लगातार बढ्दै सेयर बजार, कारोबार रकममा पनि उकालो

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार ७३७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ९ लाख ५० हजार ३ सय ९७ रुपैयाँ ९० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ४ सय ४५ रुपैयाँ ५० पैसा रहेको छ ।

बुधबार २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज विजया लघुवित्तको सेयर ९.३३ प्रतिशतले बढेको छ भने अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्