Shikhar Insurance
National Life

दसैँमा अध्यक्ष पन्तले बाँडे मासुचिउरा, भन्छन्- ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १३:२२
Hyundai
NCELL
NIMB

चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँडेका छन् । उनले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गरेका हुन् ।

उनले भने, ‘वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।’ वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका छन् । गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘तीजमा तीन लाख खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु । ‘ तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ । उनले भने ‘गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।’

जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उनीसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि १ करोडभन्दा बढी निजी रकम दान गरिसकेको उनले जानकारी दिए ।

उनले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा रु १५ लाख सहयोग गरेका छन् । सका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्