Shikhar Insurance
National Life

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफः दुवै दाबीकर्ताले विश्वासको मत नपाउने देखिएकाले…

सिंहदरबार संवाददाता
२०७८ असार ३, बिहीबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीका दुवै दाबीकर्ताले प्रतिनिसभामा विश्वासको मत पाउने आधार नदेखिएकाले दुवैलाई प्रधानमन्त्री नबनाइएको जवाफ पेश गरेको छ । संसद विघटनविरुद्ध परेको मुद्दामा राष्ट्रपति कार्यालले जवाफ दिँदै यस्तो बताएको हो ।

संविधानको धारा ७६ को उपधारा ५ मा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेको अवस्थामा उपधारा २ बमोजिमको सदस्यलाई राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्ती हुने व्यवस्था छ । तर, दुवैको दाबी नपुगेकाले बहालवाला प्रम केपी ओली र विपक्षी गठबन्धनका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरिएको कार्यलयको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रपति कार्यालयका तर्फबाट निमित्त सचिव रूपनारायणले महान्यायाधिवक्ताको कार्यालमार्फत बिहीबार लिखित जवाफ दिएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वोच्चमा लिखित जवाफ पेस गरेका छन् ।

यस्तो छ जवाफः

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्