काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउले नयाँ कीतिमान कायम गरेको छ । आज सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढेर हालसम्म कै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्