Shikhar Insurance
National Life

वैदेशिक मुद्रा संचिति १६ अर्ब ४ करोड डलर पुग्यो, १७ महिनाको आयात धान्न पुग्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन २९, मंगलवार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । वेदेशि मुद्रा संचितिमा नेपाललाई लगातार सफलता प्राप्त हुँदै गएको छ । चालु वर्षको २ महिनामा वैदेशिक मुद्रा संचिति वृद्धि भएको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको भदौ  मशान्त सम्ममा १६ अर्ब ४ करोड अमेरिकी डलर संचिति रहेको छ । यो रकमले १६.८ महिनाको वस्तु आयात धान्न पुग्छ भने १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले रेमिट्यान्स बढि पठाउँदा वैदेशिक मुद्रा संचितिमा सफलता प्राप्त भैरहेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई रु. २६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ ) लिने नेपालीको संख्या ७६ हजार ४८५ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ जना रहेको थियो ।
२०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।  वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको छ ।  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु. २१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.१३७ अर्व ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्